११ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चिनियाँ राजदूत छन सोङले भेट गरेका छन् ।
आज बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवासमा आफ्ना राजनीतिक ब्युरो चिफसहित पुगेका चिनियाँ राजदूतसँग आसन्न भारत भ्रमण लगायत विषयमा प्रधानमन्त्रीको कुरा भएको बालुवाटार स्रोतले जानकारी दियो ।
‘चीन भ्रमणको कुरा भएको थियो, प्रधानमन्त्रीज्यूले दिल्ली भ्रमण सकेर तिथि तय गरौंला भन्नुभएको छ,’ प्रचण्ड निकट स्रोतले भन्यो, ‘भारत भ्रमणले पारस्पारिक सद्भाव वृद्धि हुने, त्यो चीनको समेत हितमा हुने कुरा राखिएको छ ।’
प्रचण्ड प्रधानमन्त्री बनेको पाँच महिना भइसकेको हुनाले अब भ्रमण स्वभाविक कार्यसूची बन्ने स्रोतले बतायो । बेइजिङ भ्रमणका लागि गृहकार्य थाले पनि तिथि भने दिल्ली भ्रमणपछि मात्रै तय हुने भएको छ ।